काठमाडौं । हाल कारागार जीवन बिताइरहेका अभिनेता पल शाहले बुधवार आफ्नो जन्मदिन मनाइरहेका छन् ।
अभिनेता शाहले यसपटकको जन्मदिन तनहुँ जिल्ला कारागारभित्रै मनाउँदैछन् । कारागार प्रशासनले आफन्त र केही साथीभाइको उपस्थितिमा केक काटेर जन्मदिन मनाउन शाहलाई अनुमति पनि दिएको छ ।
अभिनेत्री पूजा शर्मा र निर्देशक शोभित बस्नेत केक लिएर तनहुँ कारागार पुगेर पललाई शुभकामना दिएका छन् ।
पलले जबर्जस्ती करणीको मुद्दामा तनहुँ जिल्ला अदालतबाट सफाइ पाइसकेका छन् ।
उनले अहिले नवलपुर जिल्ला अदालतले बालयौन दुर्व्यवहारको मुद्दामा सुनाएको साढे दुई वर्ष जेल सजाय काटिरहेका छन् ।
नवलपुर अदालतको फैसला विरुद्ध पलले उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन् । जसको सुनुवाइ यही फागुन १४ गते हुँदैछ ।