सुनको मूल्य बढ्यो

न्युजलय १३ चैत २०८१, बिहिबार ११:४८ मा प्रकाशित

 काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आज छापावाल सुनको मूल्य बढेर तोलामा १ लाख ७४ हजार ८०० रुपैयाँ पुगेको हो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर २ हजार २० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।