काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँ तोकेको छ ।
आज चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २सय ९० रुपैयाँ रहेको चाँदी यस दिन २ हजार ३ सय १० रुपैयाँ पुगेको छ ।