काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जका रविन्द्र मेहताको शव एक हप्तादेखि अस्पतालमै छ ।
२२ वर्षीय मेहताको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उनी साउन १९ मा देवानगञ्जमा भएको हिन्दु र मुस्लिम समुदाय बिचको दङ्गामा परेर घाइते भएका थिए ।
सरकार पक्ष र मृतकका परिवारसँग सहमति हुन नसक्दा रविन्द्रको शवको पोस्टमार्टम हुन सकेको छैन । पीडित पक्षले शव परीक्षण गर्नुअघि नै सहिद घोषणा गर्नुपर्ने अडान राखेका छन् ।