खोटाङ । खोटाङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा सिंगानेका ५० वर्षीय दिलकुमार भुजेलको कुटाइबाट स्थानीय ५८ वर्षीय पदम रोक्काको आइतबार बिहान मृत्यु भएको हो ।
निर्मलीडाँडाका वडाध्यक्ष दिनेश कठायतका अनुसार भुजेलले मादक पदार्थ सेवन गरी आइतबार बिहान रोकालाई कुटपिट गर्दा घटनास्थलमै ज्यान गएको हो ।
भुजेललाई नियन्त्रणमा लिई दिक्तेल ल्याइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।