काठमाडौं । विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । कास्कीको पोखरा महानगरपालिका–३३ मालेबगरस्थित जागरुक युवा सहकार्य बङ्गुर फर्ममा काम गरी बस्ने धनकुटा घर बताउने ३२ वर्षीय नर बहादुर राई सोही ठाउँस्थित टहरोभित्र सोमबार मृत अवस्थामा पला परेका छन् ।
यसैगरी सिरहाको सिरहा नगरपालिका–१७ पटेर्वा बस्ने २४ वर्षीय देव कुमार चोरवार यादव आफै सुत्ने कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् । स्याङजाको पुतलीबजार नगरपालिका–३ बाडखोलास्थित बाडखोलामा पनि भारत पश्चीम बंगाल घर भई सोही नगरपालिका–३ बस्ने २५ वर्षीय बप्पा दाशको सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।