बढ्यो सुनको भाउ

न्युजलय १४ साउन २०८१, सोमबार १२:०१ मा प्रकाशित

काठमाडौँ । सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज सोमबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढेको हो । 

आइतबार छापावाल सुन प्रतितोला १ लाख ४५ हजार ७ सय रुपैयाँ रहेकोमा सोमबार बढेर १ लाख ४६ हजार १ सय रुपैयाँ पुगेको हो । त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ४५ हजारबाट बढेर १ लाख ४५ हजार ४ सय रुपैयाँ पुगेको छ । 

यसैगरी, चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेको महासंघले जनाएको छ । यसअघि प्रतितोला १ हजार ७ सय ४० रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ ।