काठमाडौँ । अभिनेता सनी देओल अभिनीत फिल्म ‘गदर २’को ट्रेलर सार्वजनिक भएको छ ।
११ अगस्टबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको ३ मिनेट २ सेकेन्डको ट्रेलरमा फिल्मका मुख्य झलक समेत समेटिएको छ । ‘गदर २’लाई अनिल शर्माले निर्देशन गरेका हुन् ।
सन् २००१ को सुपरहिट बलिउड फिल्म ‘गदर’को सिक्वेलको रूपमा यो फिल्म निर्माण भएको छ । ‘गदर’ पहिलो शृङ्खला तारा सिंह र सकिनाको वरिपरि घुमेको थियो ।
सिक्वेलको कथा भने उनीहरूको छोरामा केन्द्रित रहेको ट्रेलरबाट अनुमान गर्न सकिन्छ । ट्रेलरमा बुबा र छोराको सम्बन्धलाई देखाउन खोजिएको छ ।