काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ३२ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको यही अवधिको तुलनामा ४६.११ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म संस्थाले ६१ करोड ९ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको थियो।
तेस्रो त्रैमासमा संस्थाले खराब कर्जा अनुपात बढेर ४.९१ प्रतिशत पुगेको छ। गत वर्ष यही अवधिमा एनपीएल ०.८३ प्रतिशत थियो। खराब कर्जा बढ्दा संस्थाको इम्पेयरमेन्ट चार्ज बढेर ३१ करोड ७२ लाख रुपैयाँ पुगेको छ। इम्पेयरमेन्ट चार्ज बढ्दा पनि डिप्रोक्सको नाफा प्रभावित भएको देखिन्छ।
यो अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ४६.११ प्रतिशतले घटेर १ अर्ब १९ करोड रुपैयाँमा सीमित बनेको छ।