काठमाडौं । आज सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला बुधबार १५ सय रुपैयाँले बढेर दुई लाख ७८ हजार रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन दुई लाख ७६ हजार ५ सय रुपैयाँ तोकिएको थियो। त्यस्तै आज चाँदीको भाउ पनि तोलामा पाँच हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी पाँच हजार ३४० रुपैयाँ पुगेको थियो।