सर्लाही । सर्लाहीबाट २६८ थान नक्कली नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बरहथवा नगरपालिका–१७ बागमती सिचाई नहरस्थित सडकबाट नेपाली एक हजार दरको २ सय ६८ थान नक्कली नोटसहित बलरा नगरपालिका–५ अर्नाहाका ३० वर्षीय रामप्रसाद रायलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले बिआर ३० एम ३८२५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक रामप्रसादबाट उक्त नोट बरामद गरेको हो ।
कागजको बन्डल २४ थान, २ रिम प्रिन्टर पेपर, र पत्रिका १ बन्डल पनि उनीबाट बरामद भएको छ । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।