काठमाडौं । सोमबार(आज) सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलाको १ लाख ४१ हजार रुपैयाँ मूल्य निर्धारण भएको छ ।
त्यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १ हजार ८३५ रुपैयाँमा झरेको छ ।