सुनसरी । लियो क्लब अफ रामधुनी सिटि र लियो क्लब अफ रामधुनीले संयुक्त आयोजनामा रामधुनी मन्दिर सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
लियो सिटि र लियो क्लव अफ रामधुनिले मन्दिरमा पर्यटकीय सौन्दरीकरणका निम्ति सरसफाई गरेको लियो क्लब अफ रामधुनी सिटिका अध्यक्ष अशिम कार्कीले जानकारी दिएका छन्।
सरसफाईमा सिटि र लियोक्लव अफ रामधुनीबाट १५ जनाले सहभागिता जनाएका थिए ।