विराटनगर । वंशजको आधारमा नागरिकता माग गर्दै आत्मदाहको प्रयास गरेका मोरङ कटहरी गाउँपालिकाका निरजकुमार कामतले नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् ।
सोमबार मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रप्रसाद यादवले कामतलाई नागरिकता प्रदान गरेका हुन् । नागरिकता पाएपछि निरजले खुसी व्यक्त गरेका छन् ।
नागरिकता हस्तान्तरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारीहरु शरदकुमार पोखरेल र प्रदीप साह उपस्थित थिए । नागरिकताका लागि सोमबार बिहानबाट कार्यालय परिसरमा भीड रहेको छ।
वंशजका आधारमा मोरङमा नागरिकताका लागि करिब ८० हजारको आवेदन पर्नसक्ने देखिएको छ ।’