काठमाडौँ । आज सुनचाँदीको भाउमा सामान्य वृद्धि भएको छ। गत शुक्रबारको तुलामा आइतबार सुनको भाउ तोलामा दुई सय र चाँदीको १५ रुपैयाँ बढेको छ ।
मूल्य बढेसँगै आइतबार छापावाला सुन प्रतितोला दुई लाख ९७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ।
यस्तै चाँदीको भाउ बढेर आइतबार प्रतितोला चार हजार नौ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।