काठमाडौँ । आज सुनको मूल्य घटेको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला दुई हजार ७०० र चाँदी १५ ले घटेको हो ।
गत शुक्रबार प्रतितोला सुन एक लाख ७० हजार २०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य एक लाख ६७ हजार ५०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसैगरी, चाँदी प्रतितोला १५ ले घटेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य एक हजार नौ सय ५५ निर्धारण गरिएको छ ।