पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–३ मा भालुले आक्रमण गर्दा एक वृद्धको ज्यान गएको छ । फालेलुङ–३ खोलाघारीका ८२ वर्षीय रामकुमार राईको मृत्यु भएको हो ।
उनलाई बिहिबार (आज) बिहान भालुले आक्रमण गरेको थियो । फालेलुङ–३ ठेप्चेमा गोठमा एक्लै बस्दै आएका वृद्वलाई गोठबाट खर्कतिर गाईवस्तु खेद्ने क्रममा भालुले आक्रमण गरेको थियो ।
वृद्वको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । राईको शव परीक्षणका लागि सदरमुकाम ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।