इटहरी । सुनसरीको इटहरीमा अन्तराष्ट्रिय नाट्य महोत्सव सुरु हुँदैछ । आज (फागुन २१) देखि सुरु हुने महोत्सव तीन दिनसम्म चल्नेछ ।
इटहरी म्याट्रिक्स भवनमा हुने महोत्सव एसियन पिपुल्स थिएटर फेस्टिवल कमिटिको आयोजनामा हुन लागेको हो । विश्वभर घुमेर महोत्सव गर्ने क्रममा यो पटक नेपालका विभिन्न ठाउँमा महोत्सव भइरहेको हो ।
रंगकर्मी तथा इटहरी म्याट्रिक्सका सञ्चालक विक्रम श्रिका अनुसार महोत्सवको लागि मेट्रिक्समा रहेको कार्यक्रम हललाई थिएटरको रुपमा विकास गरिएको छ । त्यसको लागि भौतिक योजना मन्त्रालयले २० लाख रुपैयाँ सहयोग गरेको बताउँदै यससँगै इटहरीमा आवश्यक रहेको थिएटर हलको आवश्यकता पूरा भएको उनले बताए ।
एकै पटक १४ वटा भन्दा बढी एसियन मुलुकको सहभागीतामा पहिलो पटक नेपालमा हुन लागेको महोत्सव कलाकार र कलाप्रेमी हरुको उत्सव भएको उनले बताए ।
रंगमंच बारे विश्वव्यापी अनुभवको आदानप्रदान को लागि यो महोत्सव सहयोगी हुने अनुमान गरिएको छ ।
महोत्सवमा कोशी प्रदेशबाट मात्रै ३ सय बढी रंगमञ्चका कलाकारहरूको उपस्थिती रहने जनाइएको छ ।