इलाम । इलामको सूर्योदय नगरपालिकामा श्रीमतीको हत्या गरी श्रीमान् फरार भएका छन् ।
सूर्योदय नगरपालिका–२ सयपत्री टोलमा पाँचथरका चेपाङे भनिने पूर्णबहादुर तामाङले आफ्नै कान्छी श्रीमतीको हत्या गरी फरार भएका हुन् । तामाङ स्थानीय डोमा शेर्पाको घरमा डेरा गरिबस्ने गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार सोमबार राती पूर्णबहादुरले ४५ वर्षकी श्रीमती डम्बरकुमारी तामाङको हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।
घटना अगाडी श्रीमान् श्रीमती बिच सामान्य झगडा भएको थियो । झगडापछि राती पूर्णबहादुरले श्रीमती डम्बरकुमारीको टाउकोमा धारिलो हतियारको प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
शवको पोष्टमार्टमका लागि प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।