नम्रता सापकोटा अभिनित फिल्म ‘डेसान’ को ट्रेलर सार्वजनिक

न्युजलय ११ मङ्सिर २०७९, आइतबार ०३:०२ मा प्रकाशित

काठमाडौं ।  फिल्म ‘डेसान’को ट्रेलर सार्वजनिक भएको छ ।

नम्रता सापकोटाको प्रमुख भूमिका रहेको फिल्मले विवाहेत्तर सम्बन्धको कथामा देखाइएको छ । 

कमल एक्चै मगर निर्देशित फिल्ममा नम्रतासँगै भोला सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमिशा सारु मगरलगायतको पनि अभिनय छ ।

कोरोना कालमा छायांकन गरिएको फिल्मले दर्शकलाई नौलो स्वाद पस्किने निर्देशक मगरको दाबी छ ।

पर्फमिङ आर्ट क्रियसनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको फिल्ममा राजु काउचाको कथा लेखन, निर्देशक मगरको पटकथा तथा संवाद, चक्रबहादुर महर्जनको छायांकन, हरि लम्सालको संगीत, अजय स्याङतेनको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन छ । 

फिल्म मंसिर २३ गतेदेखि रिलिजको तयारीमा रहेको छ ।