पथरीशनिश्चरेमा सालनालसहितको मृत शिशु फेला

न्युजलय ३० जेठ २०८०, मङ्गलबार ०२:५१ मा प्रकाशित

विराटनगर । मोरङको पथरीशनिश्चरेमा सालनालसहितको मृत शिशु फेला परेको छ ।

वडा नम्बर ४ को जनकल्याण माध्यमिक विद्यालय नजिकै बिहिबारे होली पैनीमा स्थानीयले घाँस काट्ने क्रममा उक्त शिशु फेला पारेका हुन् ।

स्थानीयले मृत शिशु फेला पारेपछि  प्रहरीलाई खबर गरेका थिए । घटनाबारे अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।