काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजार बढेको छ ।
सेयर बजार परिसूचक ६.७४ अंक बढेर २६ सय विन्दुमाथि कायम भएको हो । ०.२५ प्रतिशतले बजार बढेर २६०१.६१ विन्दुमा कायम छ ।
सामान्य अंकले बढेको बजारमा १५५ कम्पनीको सेयर मूल्य बढेको छ । ९४ कम्पनीको सेयर मूल्य घटेको छ ।
३ अर्ब ४४ करोड १९ लाख ३ हजार ७७० रुपैयाँ बराबरको ७७ लाख ५७ हजार ६२५ कित्ता सेयर किनबेच भएको छ ।