काठमाडौं । मिस्टर नेपाल–२०२३ को उपाधि विराटनगरका समर्पण कार्कीले जितेका छन् ।
काठमाडौंका निमेष कपाली फस्ट रनरअप, काभ्रेका कृषल श्रेष्ठ सेकेण्ड रनरअप, चितवनका विजयी दुवाडी थर्ड रनरअप र भक्तपुरका असिम लामिछाने फोर्थ रनरअप घोषित भए ।
शनिबार सम्पन्न फिनालेमा विजयी घोषणा गरिएको हो । उक्त अवसरमा १० विधामा सबटाइटलका विजेता समेत घोषणा गरियो । शीर्ष उपाधि जितेका कार्कीले मिस्टर इन्टलेक्चुअल सबटाइटल समेत जिते ।
फिनालेमा पूर्वमिस नेपाल माल्भिका सुब्बा, अभिनेत्री आँचल शर्मा, आयुष्मान घिमिरे, विश्वकरण जैन, लु लीन, मनिष डंगोल श्रेष्ठ, राजभाइ सुवाल र शैलजा अधिकारी निर्णायकको रुपमा थिए ।