मोरङको ग्लोबल बायो इनर्जी उद्योगमा आगलागी

न्युजलय ३१ कार्तिक २०७८, बुधबार १०:२५ मा प्रकाशित

विराटनगर । सवारीसाधनको टायरमा प्रयोग हुने तेल उद्योगमा आगलागी भएको छ।

मोरङको कटहरी गाउँपालिका–४ स्थित ग्लोबल बायो इनर्जी उद्योगमा बुधबार(आज) बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

मोरङ प्रहरीका अनुसार आगलागी नियन्त्रणको प्रयास जारी रहेको छ। आगलागी नियन्त्रणका लागि स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लागिपरेका छन्। 

आगलागी नियन्त्रणका लागि जुद्ध बारुणयन्त्र, विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका, रंगेली नगरपालिका, दुहबी नगरपालिका, कानेपोखरी गाँउपालिकाका वारुणयन्त्र पुगेका छन्।

उद्योग सञ्चालक अनुसार उद्योगबाट पुराना टायरलाई प्रशोधन गरी तेल उत्पादन हुँदै आएको थियो। विद्युत सर्ट भएर आगलागी भएको आशंका गरिएको छ।