हेटौंडा । पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–११ नवलपुरस्थित सडकमा मंगलबार राति बस र ट्रक एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ८७६ नम्बरको यात्रु बाहक बस र बिपरित दिशाबाट आउँदै गरेको प्रदेश २ ०३००१ ख ५०३५ नम्बरको खाली ट्रक राति हेटौंडा उपमहानगरपालिका ११ स्थित नवलपुरमा एक आपसमा ठोक्किएको थियो ।
दुर्घटनामा ३०–३५ बर्षीय र २०–२५ बर्षीय दुई जना पुरुषको मृत्यु भएको र उनीहरुको नाम ठेगाना खुलिनसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उनीहरुको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । घटनामा बस चालकको मृत्यु भएको छ भने ट्रक चालक बारा निजगढ ४ पुरानोटोल बस्ने ३३ वर्षीय टंक बहादुर बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा घाइते भएकाहरुको हेटौंडास्थित सहकारी अस्पताल, चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।