विद्युत्‌को पोलमा हुकिङ गर्दा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु

न्युजलय १२ जेठ २०८०, शुक्रबार १०:४२ मा प्रकाशित

राजविराज । राजविराजस्थित सिब्स इन्टरनेसनल बोर्डिङ स्कुलको लापरबाहीका कारण शुक्रबार(आज) बिहान करेन्ट लागेर एक विद्यार्थीको मृत्यु भएको छ ।

विद्यालय अगाडि रहेको खेलमैदानमा आयोजना गरिएको क्रिकेट प्रतियोगिताको क्रममा विद्युत्‌को पोलमा हुकिङ गर्ने क्रममा करेन्ट लागेर कक्षा १० मा अध्ययनरत पेशलानन्द यादवको करेन्ट लागेर मृत्यु भएको हो ।

क्रिकेट प्रतियोगिता सुरु गर्ने क्रममा स्पिकर बजाउनका लागि विद्यार्थी पेशलानन्दलाई बिजुलीको पोलमा हुकिङ गर्न लगाएपछि उनलाई करेन्ट लागेको थियो । उनलाई करेन्ट लागेपछि गजेन्द्र नारायण सिंह अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।