सप्तरी । सप्तरीमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका–४ मधवापुरस्थित खेतमा सोमबार(आज) बिहान घाँटी रेटेर हत्या गरिएको अवस्थामा युवकको शव फेला परेको हो ।
हत्या गरिएको अन्दाजी २५ वर्षीय युवकको पहिचान भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
हत्या गरिएको अवस्थामा युवकको शव स्थानीयले खेतमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।