काठमाण्डौ । निर्देशक झरना थापाले फिल्म ‘भागवत् गीता’ निर्माण गर्ने घोषणा गरेकी छन्।
शुक्रबार(आज) एक भिडिओ सार्वजनिक गर्दै उनले फिल्मको औपचारिक निर्माण घोषणा गरेकी हुन्। सार्वजनिक भिडिओमा सुहाना थापालाई प्रस्तुत गरिएको छ।
उनी फरक लुक्समा देखिएकी छन्। सुहानालाई मधेसी पहिरनमा देख्न सकिन्छ।
झरना थापाले निर्देशन गर्ने फिल्मको मुख्य भूमिकामा सुहाना थापा रहने छिन्। अन्य कलाकारको घोषणा हुन भने बाँकी छ।
सुनिल कुमार थापाले निर्माण गर्ने फिल्म आउँदो वर्षको वैशाख १ गते प्रदर्शन हुनेछ। सञ्जय लामाले छायांकन गर्ने फिल्मलाई साहिल खानले सम्पादन गर्नेछन्।