‘बिग बोस १९’ को उपाधि गौरव खन्नाले जिते

न्युजलय २३ मङ्सिर २०८२, सोमबार ०२:१८ मा प्रकाशित

काठमाडौं । चर्चित भारतीय टिभी रियालिटी शो ‘बिग बोस १९’ को उपाधि गौरव खन्नाले जितेका छन् । आइतबार राति भएको ग्रान्ड फिनालेमा अभिनेता सलमान खान ले विजेताको घोषणा गरेका थिए ।

गौरव खन्ना टिभी सिरियल ‘अनुपमा’ मा ‘अनुज’ को भूमिकाबाट परिचित छन्। उपाधिसँगै उनले ट्रफी र ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । 

यस सिजनको उप–विजेता फरहाना भट्ट बनेकी छिन् । गत अगस्टमा सुरु भएको ‘बिग बोस १९’ मा १८ जना विभिन्न क्षेत्रका चर्चित व्यक्तिहरूले प्रतिस्पर्धा गरेका थिए । फिनालेमा अमाल मलिक, तान्या मित्तल, प्रणित मोरे समेत गरी ५ जना फाइनलिस्टले उपाधिका लागि भिडन्त गरेका थिए ।