बढ्यो सुनको मूल्य

न्युजलय २२ फाल्गुण २०८१, बिहिबार १०:४६ मा प्रकाशित

काठमाडौँ । बिहीबार सुनको मूल्य बढेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा बिहीबारका लागि  १ लाख ७० हजार ७ सय रुपैयाँ तोकिएको हो ।  

बिहीबार चाँदीको भाउ  पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १९५० रुपैयाँमा कारोबार भएकोमा बिहीबारका लागि प्रतितोला १९८५ तोकिएको छ ।