काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ।
बुधबार सुनको मूल्य ९ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी दश रुपैयाँले बढेको हो । आज चाँदी एक हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।