बैङ्किङ कसुर मुद्दामा फरार धरानकी एक महिला पक्राउ

न्युजलय २६ मङ्सिर २०७८, आइतबार ०८:२६ मा प्रकाशित

धरान । बैङ्किङ कसुर मुद्दामा फरार रहेकी धरानकी एक महिलालाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ।


धरान उपमहानगरपालिका ७ की ५० सुनिला याक्खालाई १ नम्बर प्रदेश प्रहरी कार्यालय आरआइटीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा लुकिछिपी बसेको अवस्थामा हिजो पक्राउ गरेको हो ।


बैङ्किङ कसुर मुद्दामा उच्च अदालत विराटनगरको मिति २०७८ वैशाख १६ गतेको फैसला आदेशले १ वर्ष ६ महिना कैद र नगद ५ लाख ८ हजार ३ सय ३८ रुपैयाँ ३३ पैसा जरिवाना भएता पनि हालसम्म फरार रहेकी याक्खालाई हिजो पक्राउ गरी आज सुनसरी जिल्ला अदालतमा दाखिला गराई कारागार चलान गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।