बढ्यो सुनको मूल्य

न्युजलय ८ पुस २०८०, आइतबार ११:५६ मा प्रकाशित

काठमाडौँ । अइतबार (आज) छापावाल र तेजाबी सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । 

छापावाल सुन प्रतितोला १ लाख १९ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १९ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

 यस्तै, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।