काठमाडौँ । सुनको मूल्य तोलामा दुई सय रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा दुई सयले वृद्धि भई एक लाख ३५ हजार छ सय रुपैयाँ पुगेको छ ।
महासंघका अनुसार तेजावी सुन तोलामा एक लाख ३४ हजार नौ सय ५० रुपैयाँ निर्धारण भएको छ ।
यस्तै आज चाँदीको मूल्य तोलामा एक हजार छ सय ६० रुपैयाँ निर्धारण भएको छ ।