आजको सुनको मूल्य

न्युजलय ५ बैशाख २०८१, बुधबार ११:३८ मा प्रकाशित

काठमाडौं । लगातार बढिरहेको सुनको मूल्य बुधबार(आज) स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य मंगलबारको तुलनामा स्थिर रहेर तोलाको १ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ ।

यस्तै, बुधबार चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।