विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
लेखा अधिकृत शेखर ढकाललाई घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो।
नगरपालिकाको कार्यालयको विभिन्न मर्मत संभार कार्यको भुक्तानीका लागि सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिँदै गर्दा ढकाललाई नियन्त्रणमा लिइएको हो। उनीमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।