नेपालमा छायांकन गरिएको बलिउड फिल्म ‘उचाइ’को ट्रेलर सार्वजनीक

न्युजलय ३२ असोज २०७९, मङ्गलबार ०१:३१ मा प्रकाशित

काठमाडौं । नेपालमा छायांकन गरिएको बलिउड फिल्म ‘उचाइ’को ट्रेलर सार्वजनिक भएको छ । सगरमाथा क्षेत्र घुम्ने र हिमालमा पदयात्रा गर्ने बुढ्यौली उमेरका चार पदयात्रीको कथा फिल्मले पेस गर्छ ।

सुरज वर्जत्य निर्देशित फिल्मको ट्रेलरमा नेपालको हिमालय क्षेत्र र यहाँको मनमोहक दृश्य समेटिएको छ । अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर, परिणिती चोपडा र डेनी डेन्जोङ्पा स्टारर फिल्मले मित्रताको कथा भन्छ ।

फिल्ममा परिणितीले नेपाली पदप्रदर्शकको भूमिका निर्वाह गरेकी छन् ।  ‘उचाइ’ कात्तिक २५ गते रिलिज हुँदैछ ।