काठमाडौँ । सोमबार सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य ३ हजार रूपैयाँले घट्दै ३ लाख २ हजार ८०० रूपैयाँमा झरेको हो ।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा १२५ रूपैयाँले घट्दै ४ हजार ८६९ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।