आजको सुनचाँदीको मुल्य

न्युजलय १८ बैशाख २०८१, मङ्गलबार ११:३२ मा प्रकाशित

काठमाडौँ ।  मंगलबार(आज)सुनको मुल्य स्थिर रहेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य स्थिर रहदै १ लाख ३७ हजार २०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज चाँदीको मुल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।