अर्काकी पत्नीसँग अनैतिक गतिविधि गर्ने निरौलालाई सामान्य प्रशासन मन्त्रालयले गर्‍यो यस्तो कारबाही

न्युजलय १८ साउन २०८०, बिहिबार ०१:३४ मा प्रकाशित

काठमाडौं । दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको क्वार्टरमा अर्काकी पत्नीको टिकटक लाइभमा ‘चुम्माचाटी’ गर्ने उपसचिव डम्बरुप्रसाद निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन कार्यालयले कारबाही गर्ने भएको छ।

उनलाई तत्काल प्रमुख प्रशासकीय अधिकृतबाट हटाएर अर्का अधिकारी पठाउन लागिएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रालयले जनाएको छ ।  

निरौलालाई स्पष्टीकरण सोधेर अहिले जिम्मेवारीबिहिन बनाइएको छ। सरकारी प्रक्रियाअनुसार उनको स्पष्टीकरणका आधारमा नै मन्त्रालयले आवश्यक कारबाही गर्नेछ।

निरौलाले क्वार्टरमा अनैतिक गतिविधि गर्दै गरेको भिडिओ बाहिरिएको थियो। तर, उनले क्वार्टरमा नभई अन्यत्रकै भिडिओ भनी स्वीकार गरेका थिए।

महिलाले भिडियो टिकटकमार्फत लाइभ गरेकी थिइन्। मदिराले लठ्ठ भएका दुवै जनाको संवादसहितको भिडिओ सामाजिक सञ्जालमा व्यापक भएको थियो।