अभिनेता निश्चल बस्नेतलाई मातृशोक

न्युजलय २० कार्तिक २०८२, बुधबार ०२:३३ मा प्रकाशित

 काठमाडौं । अभिनेता तथा निर्देशक निश्चल बस्नेतलाई मतृशोक परेको छ ।

निर्देशक बस्नेतकी आमा अमृता बस्नेतको ७१ वर्षको उमेरमा आज विहान निधन भएको हो । अमृता बस्नेतको निमोनियाका कारण निधन भएको बताइएको छ ।

ओम अस्पतालमा उपचारको क्रममा निधन भएको अमृताको आज नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने बताइएको छ ।