धरान । मेयर हर्क साम्पाङ नेतृत्वमा धरानमा सञ्चालनजमा रहेको श्रमदान अभियानमार्फत कोकाहको पानी ल्याउने अभियानको लागि ७ करोड रुपैया आम्दानी भएको हिसाब सार्वजनिक गरिएको छ ।
अभियानको टिमले शुक्रबार पत्रकार सम्मेलन गर्दै कोकाहा अभियान सुरु हुनुअघिको श्रमदान अभियानबाट बचेको २७ लाख ८ हजार ३२४ रुपैयासहित तीन महिनामा ७ करोड ४ लाख रुपैया आम्दानी भएको जनाएको हो l
विभिन्न दाताहरुले ४ करोड ८२ लाख ५२ हजार ३५ रुपैया नगद र १ करोड २० लाख ३८ हजार ७०४ रुपैया बराबरको पाइप सहयोग गरेका थिए । यसरी दाताहरुबाट मात्रै ६ करोड बढी सहयोग जुटेको छ । यस्तै, खानेपानी बोर्डबाट ६६ लाख ५१ हजार २२० रुपैया बराबरको पाइप प्राप्त भएको जनाइएको छ ।
पाइप खरिद र फिटिङको लागि ७ लाख ६८ हजार रुपैया भुक्तानी गर्न बाँकी रहँदा अभियानअन्तर्गत २५ लाख ४० हजार रुपैया नगद मौज्दात छ ।
अभियानका संयोजक दत्तकुमार लिम्बुले हिसाब पारदर्शीरुपमा राखिएको र जो कोहीले पनि विल, भौचर हेर्न चाहँदा देखाउने बताए ।