कमेडियन सुमन कोइरालाले गरे विवाह

न्युजलय ८ मङ्सिर २०८२, आइतबार ११:२५ मा प्रकाशित

काठमाडौं । चर्चित कमेडियन सुमन कोइरालाले विवाह गरेका छन्।

‘दले दाई’ उपनामले परिचित कोइरालाले शनिबार प्रेमिका शोभा गौलीसँग लगनगाँठो कसेका हुन्।

काठमाडौंमा आयोजित वैवाहिक समारोहमा दुवै पक्षका परिवार, आफन्त र केही हाँस्य कलाकारहरूको उपस्थिति रहेको थियो। 

इटहरी स्थायी घर भएका सुमन रियालिटी शो ‘कमेडी च्याम्पियन’ बाट चर्चामा आएका हुन्। हाल उनी ‘कमेडी नाइट्स विथ च्याम्पियन’ मा व्यस्त छन्।