कक्षा १२ को उत्तरपुस्तिका पुनः परीक्षण गर्ने सहमति

न्युजलय ३० मङ्सिर २०७८, बिहिबार ०७:३० मा प्रकाशित

कास्की । कक्षा १२ को नतिजामा असन्तुष्टि जनाउँदै मंसिर १९ देखि आन्दोलनरत गण्डकी प्रदेशका विद्यार्थीले गरेको आन्दोलन स्थगित भएको छ । परीक्षा व्यवस्थापन बोर्डले  उत्तरपुस्तिका पुनः परीक्षण गर्ने सहमति जनाएपछि आन्दोलन स्थगित गरिएको हो । 

आन्दोलनका क्रममा प्रहरी हस्तक्षेपका कारण घाइते विद्यार्थीको निस्शुल्क उपचार गर्ने सहमति पनि भएको छ । पुनः परीक्षणको शुल्क भने सम्बन्धित क्याम्पसले तिर्नुपर्नेछ ।

कानुन संकायका विद्यार्थीहरूले निकै न्यून अंक आएको भन्दै पुनः परीक्षणको माग गरेका थिए । गण्डकीका ७ वटा क्याम्पसबाट पहिलो पटक कानुन विषयको पढाई थालिएको हो ।