आज ३० कार्तिक २०८१ शुक्रवारको राशिफल

न्युजलय ३० कार्तिक २०८१, शुक्रबार ०६:१२ मा प्रकाशित

मेष । आज सामाजिक प्रतिष्ठा कमाउने बेला छ । नाम कमाउन अनुकूल प्रयास हुनेछन् । विद्या र बुद्धिको विकास हुनेछ । सङ्गीतमा रुचि बढ्नेछ ।

वृष । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । बेसुरमा काम गर्ने बानीले अप्ठ्यारोमा परिनेछ । स्मरणशक्ति कमजोर रहनाले समस्या आउन सक्छ ।

मिथुन । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ । धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । पारिवारिक सद्भाव बढ्नेछ ।

कर्कट । नयाँ कार्य योजनाबाट लाभ लिन सकिन्छ । दाम, इनाम र प्रतिष्ठाको लागि सहकार्यको योजना बन्ला । साथीभाइबाट हौसला मिल्नेछ ।

सिंह । आज कृषि क्षेत्रमा इच्छानुसार काम गर्ने मौका मिल्नेछ । व्यक्तिगत काममा सफलता हात पर्नेछ । पुनर्मिलनको योग पनि रहेको छ ।कन्या । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । टाउको एवं आँखा दुख्ने समस्या बढ्न सक्छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

तुला । आज कला र गलाको प्रभाव बढ्नेछ । मनोरञ्जन क्रियाकलापमा सहभागिता भइएला । नजिकैका व्यक्तिहरूबाट सहयोग मिल्नेछ ।

वृश्चिक । सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । मनपरेका परिकार खान पाइएला । शेयर बजारबाट सफलता हात पर्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ ।

धनु । आज सामाजिक तथा धार्मिक कृत्यमा मन जानेछ । समाजसेवातर्फ आकर्षित भइनेछ । नयाँ कार्यको योजनाले आत्मिक सन्तुष्टि मिल्नेछ ।

मकर । आज ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला र मानसिक चिन्ता बढ्नेछ । वैदेशिक क्षेत्र कमजोर नै हुनेछ, तर आर्थिक पक्ष भने राम्रै रहला ।

कुम्भ । आज बोलीले अरुलाई प्रभावित पारेर काम बन्नसक्छ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । दूरदराजमा रहेका आफन्तसँग कुराकानी हुनेछ ।

मीन । आज ठीक समयमा सही निर्णय लिन सकिएला । पारिवारिक माया र सद्भाव बढ्नेछ । राजनैतिक र परोपकारमा सफलता मिल्नेछ ।

स्रोत : हाम्रो पात्रो डटकम