उदयपुरको ताप्लिमा आगलागीबाट दुई घर जलेर नष्ट

न्युजलय ३० चैत २०७९, बिहिबार ०१:०६ मा प्रकाशित

उदयपुर ।  उदयपुरको ताप्लि गाउँपालिका–५ रुपाटारस्थित शाहीडाँडामा बुधबार राति आगलागी हुँदा २८ लाखको क्षति भएको छ ।  

राति अचानक आगो सल्किदा स्थानीय शुभशेर राई र कमलशेर राईको दुईवटा घर जलेर नष्ट भएका छन् ।

आगालागीबाट शुभशेरको घर, गाईगोठमा रहेका दुईवटा गोरु, तीनवटा गाई, नौंवटा बाख्रापाठा,अन्नपात, लत्ताकपडा, भाडावर्तन गरी १५ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन थापाले बताए । 

त्यसैगरी आगलागीबाट कमलसेरको घर,दुईवटा गोरु,दुईवटा गाई,छवटा बाख्रापाठा, सुँगुर ५ वटा र अन्नपात गरी १३ लाखको क्षति पुगेको उनले बताए ।

झण्डै दुई घण्टापछि स्थानीय र प्रहरीको प्रयासबाट आगो  नियन्त्रणमा आएको थियो।  आगलागीबारे एकीन भएको छैन।