प्रकाश सपुतसहित ४ गायक पौष १७ गते इटहरी आउँदै

शंकर खत्री ६ पुस २०७८, मङ्गलबार ०१:२९ मा प्रकाशित

इटहरी । ग्यालरी इभेन्टले आगामी पौष १७ गते अर्थात् अंग्रेजी नयाँ वर्षको अवसरमा रिफ्रेस नाइटको आयोजना गर्ने भएको छ । 

सोहि दिन दिउँसो ३ बजेदेखि राति ८ बजेसम्म आयोजना हुने कार्यक्रममा चर्चित दोहोरी गायक प्रकाश सपुतसहित अन्य तीन जना गायकले प्रस्तुती दिने इभेन्ट व्यवस्थापक विजय गिरिले जानकारी दिए । 

उनका अनुसार सपुतसहित अलमोडा राणा उप्रेति, धर्मेन्द्र सेवान र दिनेश ढकालले प्रस्तुति दिने छन् ।  माया घर नेपाल इटहरीलाई सहयोगार्थ आयोजना गरिएको रिफ्रेस नाइटकालागि २५० र एक हजार दरका टिकट विक्रि गरिएको गिरिले जानकारी दिए ।