बालविकासलाई सन्तोष पराजुलीद्वारा कार्पेट सहयोग

न्युजलय २७ मङ्सिर २०७८, सोमबार ०९:०१ मा प्रकाशित

इटहरी । इटहरी–५ को श्री मुना सेतो गुराँस बालविकास केन्द्रलाई वडा नं.५ का वडा सदस्य सन्तोष पराजुलीले कार्पेट सहयोग गरेका छन् । लायन्स क्लब अफ इटहरी सुपरसिटीको आयोजना र नाती आर्यन कार्कीको ५ औँ जन्मदिनको अवसर पारेर उक्त सहयोग बालविकासलाई हस्तान्तरण गरेका हुन् । 


५ वर्ष मुनिका १५ जना बालबालिका अध्ययनरत उक्त बालविकास केन्द्रलाई १२ हजार बराबरको सहयोग उपलब्ध गराउनुको साथै अझै वडाबाट पनि सहयोग गराउने लायन्स क्लब अफ इटहरी सुपरसिटीका चार्टर प्रेसिडेन्ट समेत रहेका पराजुलीले बताए । 


वि.सं. २०५९ सालमा स्थापित बालविकासमा तीन सय जना भन्दा बढी बालबालिकाले अध्ययन गरीसकेका छन् ।