सुनचाँदीको मूल्य घट्यो

न्युजलय १० पुस २०८१, बुधबार ११:३३ मा प्रकाशित

काठमाडौं । बुधबार सुनचाँदीको भाउ सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ रहेको सुन आज १ लाख ४९ हजार ७ सय रुपैयाँमा झरेको हो ।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेर १८०० रुपैयाँमा झरेको छ ।