साथीलाई खुकुरी हानेर भागेका व्यक्तिले प्रहरीलाई पनि गरे आक्रमण

न्युजलय १० पुस २०७८, शनिवार ०३:४२ मा प्रकाशित

  काठमाण्डौ । काठमाण्डौमा आफ्नै साथीलाई खुकरी हान्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । 

तार्केश्वर –८ शेषमती लामबजार नजिक सामान्य विषयमा विवाद हुँदा दोलखाका सुवास तामाङलाई खुकुरी हान्ने रामेछाप लिखुका शनि तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

साथीलाई खुकुरी हानेर भागेका शनि तामाङलाई पक्राउ गर्न खोज्दा उनले प्रहरी प्रभाग धर्मस्थलीका प्रहरी नायब निरीक्षक पदम अवस्थीलाई समेत आक्रमण गरेका थिए । 

घाइते भएका प्रहरी नायब निरीक्षक अवस्थी र खुकुरी हान्ने तामाङ दुबैको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते प्रहरी अवस्थीको टाउकोमा पाँच वटा टाँँका लगाइएको पनि प्रहरीले जनाएको छ ।